जब आलियाले बरुणलाई रणवीरको नामले बोलाइन्

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ बैशाख ४, बुधबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

बैशाख ४, काठमाडौँ । बलिउड अभिनेत्री आलिया भट्ट अभिनेता रणवीर कपुरको प्रेममा छिन् । धेरै जसो अन्तर्वार्तामा आलियाले रणवीरसँग क्रस भएको बताउँदै आएकी पनि छिन् । तर यो जोडिले सार्वजनिक रुपमा प्रेम सम्बन्धलाई स्वीकार भने गरेका छैनन् ।

यद्यपी व्यस्त समयमा पनि आलियाले रणवीरलाई मिस गरिरहन्छिन् भन्ने पछिल्लो समय भाइरल भएको भिडियोमा देखिएको छ । फिल्म ‘कलंक’को पूरै टिम सहभागी एक अन्तर्वार्तामा आलियाले बरुण धवनलाई रणवीरको नाम लिएर बोलाएको भिडियो अहिले भाइरल छ ।

बरुणलाई आलियाले रणवीर भनेपछि फिल्मको प्रमोशनमा गएको टिममा हाँसो गुन्जिएको थियो । वरुणले आलियाको कपाल चलाएर दु:ख दिइरहेका थिए । सोही समयमा बरुण भन्ने ठाउँमा आलियाले रणवीर भनेकी थिइन् ।
बलिउडमा आलिया र रणवीर कपुरले छिट्टै विहे गर्ने चर्चा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस