बैशाख ४, भक्तपुर । च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा ५ ख ३८३९ नम्बरको ट्रकले ठक्कर दिँदा मंगलबार राति एकजना पैदल यात्रीको मृत्यु भएको छ ।
ट्रकको ठक्करबाट रामेछाप सुनपाती गाउँपालिका–३ घर भई भक्तपुर नगरपालिका–९ च्यामासिंह बस्ने ३५ वर्षीय चन्द्रबहादुर मोक्तानको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
ट्रकको ठक्करपछि गम्भीर घाइते भएका मोक्तानको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा राति ज्यान गएको प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।
ठक्कर दिने ट्रक र चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भई भक्तपुर–१० कमलविनायक बस्ने ३१ वर्षीय राजु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।