रामजी, शिला र छुल्टिमको ‘वन फूल’ सार्वजनिक

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ बैशाख ४, बुधबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

बैशाख ४, काठमाडौँ । लोकदोहोरी गायक तथा संगीतकार रामजी खाँणको नयाँ गीत ‘वन फूल’ सार्वजनिक भएको छ । खाँणले उक्त भिडियो रामजी खाँणकै नामको युट्युव च्यानलबाट सार्वजनिक गरेका हुन् ।

सुजन लम्सालको शब्द रचना रहेको गीतमा गायक खाँण र शिला गुरुङको स्वर रहेको छ । गीतमा खाँण आफैंले संगीत भरेका छन् । कृष्ण विकको संगीत संयोजन रहेको गीतलाई शिव विकले निर्देशन गरेका हुन् भने नवराज उप्रेतीको छायांकन रहेको छ ।

भिडियोमा रामजी खाँण र छुल्टिम गुरुङको अभिनय देख्न सकिन्छ । गीतको सम्पादन विकाश ज्ञवालीले गरेका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस