‘पोइ पर्‍यो काले’ मा पूजा र आकाश

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ बैशाख ४, बुधबार (६ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

बैशाख ४, काठमाडौँ । कमेडी जनरामा ‘पोइ पर्‍यो काले’ नामक फिल्म निर्माण हुने भएको छ । शिशिर राणाको निर्देशनमा बन्ने फिल्ममा पूजा शर्मा र आकाश श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भएका छन् ।

नयाँ वर्षको अवसर पारेर आइतबार निर्माण युनिटले पूजा र आकाशलाई आफ्नोे फिल्ममा अनुबन्धित गरेको जानकारी निर्देशक राणाले दिएका छन् । जेठ दोस्रो साताबाट छायांकन सुरु हुने फिल्मका अन्य केही कलाकार छनोट कार्य बाँकी रहेको बताइन्छ ।

यसअघि तिमीसँग निर्देशन गरेको शिशिरको यो दोस्रो फिल्म हो । पोइ पर्‍यो कालेमा पूजा र आकाशले चर्काे पारिश्रमिक लिएको बताइन्छ । पहिलोपटक रामकहानीमा सँगै देखिएका पूजा र आकाशले त्यसपछि सम्हालिन्छ कहिले मनमा अभिनय गरिसकेका छन् । दीपक मनाङे, किरण नेपाली, रघु परियार र श्यामबहादुर थापा निर्माता रहेको फिल्म तिहारको अवसर पारेर कात्तिक ८ गते प्रदर्शन गरिने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस