बैशाख ४,कैलाली । जनता बैंक नेपाल लिमिटेडको कारोवार विस्तारको क्रममा लम्की चुहानगरपालिका वडा नं. ४,बलिया शाखाबाट कारोवार शुभारम्भ गरिएको छ । आज एक समारोहका बिच सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले बलिया शाखाको समुद्घाटन गरे । उक्त समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बोहोराले जनता बैंकको स्थापनाले यस क्षेत्रका जनताको जिबनस्तर उठाउन महत्वपूर्ण भुमिका रहने चर्चा गरे ।
बैंकका संचालक रामबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्री, लम्कीचुहा नगरपालिकाको उपप्रमुख टिका थापा, लम्कीचुहा उद्योग बाणिज्य संघका अध्यक्ष पदम चौलागाईंले सम्बोधन गरेका थिए । कार्यक्रममा लम्कीचुहा न.पा. वडा नं. ४ का वडा अध्यक्ष लालबहादुर बोगटी, वडा नं. ८ का अध्यक्ष पूर्ण विष्ट, लम्की बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सरोज शाह, बैंकका नेपालगञ्ज क्षेत्रीय प्रमुख ध्रुबकुमार पौडेल, उपप्रमुख मुकुन्दप्रसाद भट्ट र बलिया शाखाका प्रबन्धक चिरन्जिबी रावलको पनि उपस्थिति रहेको थियो । यस बलियास्थित शाखा र एटिएम समेतबाट एकैसाथ कारोबार संचालनमा आएको छ ।
यस शाखा उद्घाटनको अबसरमा सोही स्थानमा यस बैंकको आयोजना र धनगढी नेत्रालय आँखाँ अस्पतालको प्राविधिक सहकार्यमा निःशुल्क आखा शिविर पनि आयोजना गरिएको थियो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत आयोजना गरिएको उक्त बृहत आखा शिविरमा निःशुल्क औषधी र चस्मा वितरण गरिएको थियो । १ हजार जनाभन्दा बढीकाृ आँखाँ परिक्षण गरिएको उक्त आँखा ँशिविरमा छानिएका मोतिबिन्दु सम्बन्धि बिरामीको धनगढी नेत्रालयमा मोति बिन्दुको निःशुल्क शल्यक्रिया गरिने छ ।
जनता बैंकको बलिया शाखा सँगै मुलुकको सबै प्रदेशमा गरी शाखा संख्या १२९ पुगेको छ भने सुदुरपश्चिम प्रदेशमा शाखा संख्या ९ पुगेको छ । साथै यसै प्रदेशको धनगढी उपमहानगरपालिका वडा नं. १ सेतोपुलमा नयाँ शाखा खुल्ने क्रममा रहेको छ । बैंकले यि शाखाहरु सहित ९६ एटिएम, ५० शाखा रहित बैंकिङ्क, ३ एक्स्टेनसन काउन्टर र १ सिमित्त बैंकिङ्कबाट करिव ६ लाख ग्राहकहरुलाई सहज र सरल बैंकिङ्क सेवा पु¥याइरहेको छ ।