विद्यार्थी संगठनद्वारा तीन दिन आम शैक्षिक हडताल घोषणा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ अषाढ १०, आईतबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार १०,काठमाडौँ । निजी स्कुल तथा कलेजमा गरिएको मूल्यबृद्धि खारेज गर्न सरकारलाई दबाब दिँदै आएको संयुक्त विद्यार्थी संगठनले शैक्षिक आम हडताल गर्ने लगायत दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संगठनमा आवद्ध विद्यार्थी संगठनहरुले यही असार २०, २१ र २२ गते तीन दिन शैक्षिक आम हडताल गर्ने लगायतका आन्दोलनको दोस्रो चरणको कार्यक्रम घोषणा गरेका हुन् ।

कार्यक्रम अनुसार असार ११ गतेदेखि १६ गतेसम्म प्रधानमन्त्री, मन्त्री, नेताहरुसँग भेटगरी आफूहरुको माग सम्बोधन गराउन पहल गर्ने, १७ गते काठमाडौँको प्रर्दशनी मार्गमा सडक कक्षा संचालन गर्ने, १८ गते काठमाडांैको माईतीघर मण्डला र देशका सम्पूर्ण जिल्लाको सदरमुकाममा आँखामा कालोपट्टी बाँधि सिटी जुलुस निकाल्ने तय गरिएको छ ।

नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतमले आफूहरुको माग सम्बोधन गराउन आम शैक्षिक हडतालसहितको आन्दोलनको दोस्रो चरणको कार्यक्रम घोषणा गर्नु परेको स्पष्ट पारे ।

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालमा आवद्धसहितका विद्यार्थी संगठनहरुले शिक्षाको क्षेत्रमा मौलाएको माफियाकरणको अन्त्य गर्न सरकारसँग माग गर्दै आएका थिए । उनीहरुले शिक्षा क्षेत्रमा बजेटको उचित व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस