यातायात समिति कम्पनीमा जान मानेनन् ! सरकारले गर्यो सात सदस्यीय समिति गठन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख ५, बिहिबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ५,काठमाडौँ । यातायात समितिलाई कम्पनीमा लैजानका लागि सरकारले सात सदस्यीय समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालको संयोजकत्वमा समिति गठन गरेको हो ।

यातायात समिती कम्पनीमा जान अझै अटेर गरिरहेका छन । सरकारले तत्काल कम्पनीमा जान पटक–पटक निर्देशन दिदाँपनि उनिहरुले समितीमार्फत नै बस सञ्चालन गरिरहेका छन । समितिलाई १५ दिनभित्र राय सुझाव सहितको प्रतिवेदन पेश गर्न भनिएको छ ।

समितिमा कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार, गृह मन्त्रालयका प्रतिनिधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधि, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, महासचिव सरोज सिटौला र उपमहासचिव बसन्त भण्डारी छन् ।

बुधबार बसेको समितिको पहिलो बैठकमा समितिमा भएका सवारी साधनलाई सहज ढंगले कम्पनीमा लैजानेबारे प्रारम्भिक छलफल भएको थियो ।

सरकारले तीन महिनाभित्र देशभरका सबै यातायात समितिलाई कम्पनी मातहत ल्याउने तयारी गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस