फिलिपिन्सद्धारा चीनको कडा विरोध : आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा अवैधरुपमा प्रवेश गरेको दावी !

बैशाख ५,काठमाडौँ । आफ्नो नियन्त्रणमा रहेको दक्षिणी चीन सागरमा सयौं चिनियाँ जहाज देखिएको भन्दै फिलिपिन्सले विरोध जनाएको छ । फिलिपिन्सले उक्त जहाजहरु अवैधरुपमा आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा प्रवेश गरेरको दाबी गर्दै त्यसका लागि आवश्यक कदम चालिने बताएको छ । फिलिपिन्सको विदेश मामिला विभागले एक सार्वजनिक विज्ञप्ति जारी गर्दै चीनको विरोध जनाएको हो । उसले गत जनवरीदेखि मार्चसम्ममा २ सय चिनियाँ जहाज आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा अवैधरुपमा प्रवेश गरेको फिलिपिन्सको दाबी छ ।

यसले फिलिपिन्सको सार्वभौमसत्ताको उल्लंघन गरेको जारी विज्ञप्तिमा उल्लेख छ । दक्षिण चीन सागरको समग्र भाग नौ भागमा विभाजन गरिएको छ ।

जसमा फिलिपिन्सको पनि एक भाग पर्छ । व्यावसायिक तथा कूटनीतिक हिसाबमा निकै महत्वपूर्ण मानिएको यो क्षेत्रमा चीन, भियतनाम र अन्य तीन मुलुकले पनि आफ्नो दाबी गर्दै आएका छन् ।

फिलिपिन्सले चीनको यस किसिमको व्यवहाले तनावउत्पन्न हुने, विश्वास हराउने, अनिश्चितता पैदा गर्ने र यो क्षेत्रको शान्ति तथा स्थायित्वमा आँच आउनसक्ने बताएको छ ।

चीनले भने यस फिलिपिन्सका अधिकारीहरुसँग वार्ता जारी रहेको बताएको छ । वार्ताको क्रममा यो समस्या समाधान गर्ने र सहकार्य गरेर अघि बढ्नेजस्ता विषय समावेश रहेको चीनले बताएको छ ।

यसअघि चीन र फिलिपिन्सका अधिकारीको बीचमा यो समस्या समाधान गर्दै सहकार्य बढाउँदै अघि बढ्ने सम्झौता भएको थियो । तर, पछिल्लो समय यी दुई मुलुकबीचको तनाव बढेको छ ।

संम्बन्धित समचार

Leave a Reply