नेपाल वायुसेवा निगमको आरए ४१६ जहाजमा चरा ठोक्कियो

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ बैशाख ५, बिहिबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ५,काठमाडौँ । नेपाल वायुसेवा निगमको आरए ४१६ जहाजमा चरा ठोक्किएको छ । मलेसियाको राजधानी क्लालाम्पुरबाट काठमाण्डौ आउँदै गरेको जहाज अवतरणका क्रममा पाङग्रामा चरा ठोक्किएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार बिहान ९ बजेर ३० मिनेट तिर धावनमार्गमा गुडिरहेका बेला जहाजको पछाडिको पाङ्ग्र्रामा चरा ठोक्किएको हो । जहाजमा कुनै क्षति नभएको र सबै यात्रु सकुशल रहेका पनि विमानस्थलले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस