बैशाख ५,पोखरा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वले बन्दको समयमा विभिन्न ठाँउमा बम राखेको छ । सोही बम डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा पोखरामा एक सैनिक घाइते भएका छन् ।
आन बिहान सैनिक अमलदार धर्म थापा घाइते भएका हुन् ।पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन नजिकै फेला परेको शंकास्पद वस्तु निष्कृय पार्ने क्रममा उनि घाईते भए ।
पोखरा नदीपुरस्थित प्रदेशसभा भवन अगाडि निषेधित क्षेत्रमा कागजको डल्लो बेरेर राखेको अवस्थामा ‘डेटोनेटर’ भेटिएको थियो । त्यसलाई निष्कृय पार्ने क्रममा आफैंले बोकेको बारुद पड्किंदा कालिभञ्जन गणमा रत्नमन्दिरका कार्यरत थापा घाइते भएका हुन् ।
थापाको हातका औंलामा क्षति पुगेको कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । प्रवक्ता गुरुङका अनुसार घाइते थापाको अहिले फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।