विकासमा सरकारको अग्रसरता: ‘लगानी समझदारी’ अघि बढाउन उच्चस्तरीय समिति गठन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख ६, शुक्रबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ६, काठमाडौँ । हालै सम्पन्न नेपाल लगानी सम्मेलनमा भएका समझदारीलाई तत्काल अघि बढाउन सरकारले उच्चस्तरीय अनुगमन समिति बनाएको छ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको लगानी बोर्ड बैठकले ‘नेपाल लगानी सम्मेलन २०१९’ मा भएका लगानी सम्बन्धी समझदारीलाई अघि बढाउन उच्च स्तरीय समिति बनाउने निर्णय गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सो लगानी सम्मेलन सफल भएको निष्कर्ष निकाल्दै त्यसलाई सफल बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको नेतृत्वको ५ सदस्यीय उच्च स्तरीय अनुगमन समिति बनाएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए।

बोर्ड बैठकमा प्रधानमन्त्री ओलीले लगानी सम्मेलनमा आएको प्रतिवद्धता अनुकूल हुने गरी आवश्यक नीतिगत तथा कानुनी सुधारको काममा ढिलाई नगर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। गत चैत्र १५ र १६ गते लगानी सम्मेलन आयोजना गरिएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस