बन्दपछि विप्लवले भने यस्तो !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ बैशाख ६, शुक्रबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ६, काठमाडौँ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लवले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो पार्टीले वैशाख ५ गते आव्हान गरेको नेपला बन्द सफल भएको दावी गरेको छ ।

साथै उक्त पार्टीले बन्जद सफल पार्न सहयोग र समर्थन गरेवापत ‘देशका सवै व्यवसायी, उद्योगपति, शिक्षण संस्था, व्यापारी तथा सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिप्रति हार्दिक आभारसहित धन्यवाद ज्ञापन’ पनि गरेको छ ।

पार्टीका महासचिव विप्लवको हस्ताक्षरयुक्त उक्त वक्तव्यमा ‘देशको अवस्था दिनानुदिन बिग्रिदै गएको, सरकारले जनघात र राष्ट्रघातलाई झनै बढाएर गएको, देश र जनता असाध्यै जोखिमा पर्दै गएको’ उल्लेख गर्दै ‘जनताको वास्तविक मुक्ति ल्याएन र देशलाई बचाउन एकपटक फेरि नयाँ संघर्षमा एक भएर लाग्न जरुरी भइसकेको’ उल्लेख गरिएको छ ।

सो वक्तव्यमा उक्त पार्टीले ‘निरन्तर आन्दोलनको नेतृत्व गर्दै आइरहेको’ दावी गर्दै त्यस आन्दोलनमा ‘देशभक्त, सच्चा लोकतन्त्रवादी, गणतन्त्रवादी’ हरुलाई लाग्न आग्रह समेत गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस