नेपालमा वार्षिक ४५ अर्ब बराबरको औषधी कारोवार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख ६, शुक्रबार (६ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

बैशाख ६, काठमाडौँ । नेपालमा वार्षिक रु ४५ अर्ब बराबरको औषधि कारोवार हुने गरेको छ ।

नेपाल औषधि व्यवसायी सङ्घको शुक्रबारदेखि दुई दिनसम्म पोखरामा हुने राष्ट्रिय अधिवेशनको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले देशमा कूल २१ हजार औषधिको व्यवसायमा आबद्ध भएको जानकारी दिए ।

गुणयुक्त, जनसुरक्षित औषधि सुलभ तरिकाले जनसमक्ष पु¥याउने उद्देश्यका साथ सङ्घको स्थापना भएको बताउँदै उनले प्रादेशिक संरचनामा आधारित संशोधित विधानअनुसार राष्ट्रिय अधिवेशन गर्न लागिएको जानकारी दिए ।

अधिवेशनमा केन्द्रीय नेतृत्व चयनका लागि देशभरबाट २७० प्रतिनिधिले मतदानमा भाग लिने सङ्घले जनाएको छ ।
रासस

ताजा अपडेट

खोजी गर्नुहोस