पाकिस्तानी अर्थमन्त्री उमरले दिए राजिनामा ! अर्थव्यवस्थामा झड्का लाग्ने संकेत

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ बैशाख ६, शुक्रबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

बैशाख ६,काठमाडौँ । पाकिस्तानी अर्थव्यवस्थामा सुधार हुने संकेत भईरहेको बेला अर्थमन्त्री असद उमरले राजीनामा दिएका छन् । पाकिस्तान अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)बाट राहत प्याकेज लिने क्रममा रहेको बेलामा उनले राजीनामा दिएका हुन् । उनको राजिनामा बाट अन्तराष्ट्रिय सहयोग र देशको आन्तरिक अर्थव्यवस्था सुधारको समय लम्बने अर्थ विश्लेषकहरुले बताएका छन ।

खासगरी उनको असन्तुष्टि मन्त्रालय हेरफेरको विषय रहेको अनुमान गरिएको छ । उमर स्वयमले पनि सामाजिक सञ्जाल ट्वीटरमा आफूलाई फेरबदल गरेर ऊर्जामन्त्री बनाउने तयारी भएसँगै आफूले राजीनामा दिएको बताएका छन् । आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तान अर्थमन्त्री उमरको नेतृत्वमा आईएमएफसँग कुरा अघि बढिरहेको थियो । यसअघि पनि पाकिस्तानले आईएमएफसँग १२ पटक आर्थिक सहयोग लिइसकेको छ ।

यसअघि पनि पाकिस्तानको घट्दो अर्थव्यवस्थाको कारण अर्थमन्त्री पदमुक्त हुनसक्ने अनुमान गरिँदै आएको थियो । उमरको आईएमएफको सहयोगको लागि पहल गर्नेभन्दा पनि साना साना ऋणको लागि साउदी र चीनसँग हात बढाउने योजनाप्रति लगानीकर्ता र उद्योग समूख असन्तुष्ट थिए ।

विभिन्न कारण आईएमएफको प्याकेट आउनमा दुईपटक ढिलाइ भइसकेको छ । अहिले भने आईएमएफसँग पाकिस्तानको सम्झौता हुने सम्भावना निकै बलियो देखिएको छ । आईएमएफका प्रतिनिधिले अप्रिलको अन्तिमसम्म पाकिस्तान भ्रमण गर्नसक्ने बताइएको थियो । तर, यो समय अब भने लम्बिनसक्ने बताइएको छ । पाकिस्तानी विश्लेषकले नयाँ अर्थमन्त्रीले अहिलेको काम बुझ्न समय लाग्नसक्ने भएकोले आईएमएएफको आर्थिक सहयोगको प्याकेज आउनमा ढिलाइ हुनसक्ने बताए ।

अहिले पाकिस्तान विभिन्न आर्थिक समस्याको सामना गरिरहेको छ । इमरान खानको नयाँ सरकार अहिले आर्थिक व्यवस्थामा सुधारको लागि जुटेको छ तर आशा गरिएअनुसारको नतिजा भने हासिल हुन सकेको छैन ।

गत महिना पाकिस्तानको केन्द्रीय बैंकले आर्थिक वृद्धिदरमा कमी आउनसक्ने भविष्यवाणी गरेको थियो ।

-एजेन्सीको सहयोगमा

ताजा अपडेट

खोजी गर्नुहोस