बैशाख ६, काठमाडौँ । चलचित्र ‘पोई पर्यो काले’ मा नायक सौगात मल्लको पनि इन्ट्री भएको छ । चलचित्रमा सौगात भित्रिएसँगै कलाकारको लगभग पुगेको निर्माण समितिले बताएको छ ।
यो चलचित्रमा पूजाको श्रीमान् को भूमिकामा नायक सौगात मल्ल देखिदैछन् । आकाशको भूमिकाको बिषयमा भने अहिले खुलाइएको छैन ।
शिशिर राणाको कथा तथा निर्देशनमा तयार हुन लागेको यो चलचित्रलाई कात्तिकको ८ गते रिलिज गर्ने योजना निर्माणपक्षको छ ।
चलचित्रमा नायिका श्रृष्टी श्रेष्ठसमेत रहेको बताइएको छ ।चलचित्रका निर्माता दिपक मनाङ्गे हुन् । कमेडी र सामाजिक कथामा यो चलचित्र निर्माण हुनेछ ।