अन्तर्राष्ट्रिय सञ्चार प्रबिधिमा महिला सहभागिता दिवस : फिक्कलमा सुचना प्रविधिको विषयमा अन्तक्रिया

बैशाख ९,सिन्धुली । अन्तर्राष्ट्रिय सञ्चार प्रबिधिमा महिला सहभागिता दिवसको अवसरमा सुचना प्रविधिको प्रयोग र असरको विषयमा अन्तक्रिर्या सम्पन्न भएको छ । सिन्धुलीको फिक्कल गाउँपालिकामा टेलि ग्लोबको आयोजना तथा नेपाल दुरसञ्चार प्राधिकरणको सहयोगमा प्रबिधि र संचार क्षेत्रमा महिलाको सहभागीताका विषयमा बताईएको थियो ।

झण्डै २ सय भन्दा बढी किशोरी र महिला सहभागी कार्यक्रममा फिक्कल गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीले फिक्कल विस्तारै सुचना र प्रविधिमा बामे सर्दै रहेको बताए । उनले सुचना प्रविधीमा महिलाको पँहुच कायम गर्न सबै लाग्नुपर्नेमा जोड दिएका थिए । अध्यक्ष कार्कीले गाँउपालिकामा विद्युतिय र ईन्टरनेट पहुँच चाँडै नै सहज हुने दावी गरे ।

कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरणकी उपनिर्देशक रोजाकिरण बासुकलाले दुरसञ्चार प्राधिकरणले सातवटै प्रदेशमा सुचना र प्रविधिको क्षेत्रमा महिलाको आर्कषण बढाउन कार्यक्रम गरेको बताईन । उनले प्रविधिको चासो र प्रयोग पुरुषमा मात्रै केन्द्रित रहेको बताउदै दिगो विकास लक्ष्य २०३० को उदेश्य अनुसार प्रविधिमा महिलाको पनि समान र सरल सहभागितामा जोड दिएको बताईन । उनले फिक्कलमा दुरसञ्चार प्राधिकरणले छिट्टै सेवा विस्तारलाई पुर्णता दिने पनि बताईन ।

कार्यक्रममा गाँउपालिका उपाध्यक्ष उपाध्यक्ष पार्बती सुनुवारले पछिल्लो समय सामाजिक सञ्जालको गलत प्रयोगले महिलाहरु पिडित बनेका बताउदै यस विषयमा सबै सचेत रहनुपर्नेमा जोड दिईन । उनले सुचना र प्रविधिको प्रयोग संगै यो क्षेत्रमा महिलाले चासो देखाउनुपर्ने बताईन ।

कार्यक्रममा टेलि ग्लोबका निर्देशक शम्भु पहाडीले मुलुकले प्रविधिको क्षेत्रमा फड्को मार्दैगर्दा महिला आफ्ना सन्तानलाई सही गञ्तव्य दिन नसक्ने बताए । उनले खासगरी सञ्चार–प्रविधिको गलत प्रयोगकै कारण समाजमा मात्रै नभई सिङ्गो राष्ट्रमा नकारात्मक स्थितीको सिर्जना हुने बताए । खासगरी सामाजिक सञ्जाल र ईन्टरनेटको दुरुपयोगले मानिसमा आत्मिय सम्बन्ध समेत घट्दै गईरहेको बारे सचेत रहन आग्रह गरे । कार्यक्रममा टेलि ग्लोबका प्रल्हाद अर्याल र कोर नेटवर्कका इन्जिनियर सुधन श्रेष्ठले सहजीकरण गरेका थिए ।

संम्बन्धित समचार

Leave a Reply