ललितपुरमा साइकल मार्ग विकास गर्ने योजना

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख ९, सोमबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

बैशाख ९, काठमाडौँ । ललितपुर महानगरपालिकाले नगरका भित्री भागमा साइकल मार्ग विकास गर्ने योजना अगाडि बढाएको छ ।

यसका लागि सम्भाव्यता अध्ययन गर्ने जिम्मेवारी नेपाल साइकल सोसाइटीलाई दिएको महानगरपालिकाले जनाएको छ । यहाँका ठूला सडकमा साइकल लेन निर्माणका लागि अध्ययन शुरु भएको र यसका लागि चालू आर्थिक वर्षको बजेटमा रु १० लाख विनियोजन भएको महानगरपालिकाले जनाएको छ ।

पहिलो चरणमा विशेषगरी कुपण्डोलदेखि लगनखेलसम्म तथा पुल्चोकदेखि मङ्गलबजारसम्मको सडकमा साइकल लेन निर्माण गर्ने योजना अगाडि बढाएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए।

उनले भने, “ साइकल लेनका लागि यी दुई स्थान उपयुक्त हो कि होइन, यस बाहेक अन्य स्थानमा पनि साइकल लेनको सम्भावना कतिको छ भन्ने विषय अध्ययनपछि मात्र थाहा हुन्छ ।” साइकल लेनका लागि आगामी वर्षमा पनि बजेट विनियोजन हुने उनले बताए ।

पर्यटकीय गन्तव्यका लागि पर्यटकीय बस सञ्चालनको योजना पनि रहेको प्रवक्ता महर्जनले बताए। उनले भने, “महानगरपालिकाले वातावरणमैत्री सवारी साधनको प्रयोग बढाउने र पर्यटकलाई सुविधा दिने विषयमा गम्भीर छ ।” रासस

ताजा अपडेट

खोजी गर्नुहोस