आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत फुटबलका सेमिफाईनल खेल आज

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ बैशाख १०, मंगलबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

बैशाख १०, बाँके । आठौँ राष्ट्रिय खेलकुद अन्र्तगत पुरुष तथा महिला फुटबलका सेमिफाइनलका खेलहरु आज हुँदैछन् ।

मंगलबार हुने सेमिफाइनलका खेल बिहान र अपरान्ह गरि एकैदिन खेलाइने छ । पुरुष फुटबल नेपालगंजको पुर्ननिर्मित रंगशालामा हुनेछ भने महिला फुटबल दाङको बेलझुण्डीस्थित रंगशालामा हुनेछ ।

नेपालगंज रंगशालामा बिहान हुने पहिलो सेमिफाइलनमा त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर ५ संग खेल्नेछ । समुह खको उपविजेता आर्मी र समुह कको विजेता प्रदेश ५ बीचको खेल बिहान ८ बजे हुनेछ ।

दोस्रो सेमिफाईनलमा अपरान्ह नेपाल पुलिस र एपीएफबीच प्रतिस्पर्धा हुनेछ । नेपालगंज रंगशालामा हुने खेल साँझ ४ बजे सुरु हुनेछ । नेपाल पुलिस समुह खको विजेता हो भने एपीएफ समुह कको उपविजेता टिम हो ।

त्यस्तै, दाङको बेलझुङ्डीमा हुने महिला स्पर्धाको पहिलो सेमिफाइलमा त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर ३ संग प्रतिस्पर्धा गर्नेछ । आर्मी समुह कको विजेता र प्रदेश ३ समुह खको उपविजेता बन्दै सेमिफाईनल पुगेका थिए ।

अर्को सेमिफाईनलमा पुलिस र एपीएफ भिड्नेछन् । साँझ ४ बजे हुने खेलमा पुलिस समुह खको विजेता र एपीएफ क्लब समुह कको उपविजेता बन्दै सेमिफाईनल पुगेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस