बैशाख १०, रसुवा । प्रहरीले रसुवाको टिमुरे नाकाबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको ७ किलो सुनसिहत एक जनालाई पक्राउ गरेको छ ।
मंगलवार बिहान ना ६ ख ९०६८ नम्बरको ट्रक कन्टेनरमा सात केजी सुनसिहत शेर ग्याल्बो घले पक्राउ परेका हुन् ।
भन्सार जाँचपास क्रस गरेर नेपाल भित्रिने क्रममा अवैध सुन बरामद गरिएको प्रहरीले बताएको छ ।
रसुवा जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष तामाङले थप अनुसन्धान भइरहेको बताए ।