बैशाख १०, चितवन । एजे इन्टरनेशनलको आयोजनामा आगामी बैशाख २४ गतेदेखि भरतपुर गोल्ड कप २०७६ आयोजना गरिने भएको छ । मंगलबार आयोजकले पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको थियो ।
नारायणगढको क्याम्प चौरमा हुने प्रतियोगितामा त्रिभुवन आर्मी, नेपाल पुलिस, ए.पि.एफ, थ्रि स्टार , च्यासल, संकटा, जाउलाखेल, विजय युथ क्लब हेटौडा, चितवन ११,बिरगंञ्ज युथ एकेडमी, नुवाकोट ११, झापा ११ सहित १२ टिमको सहभागिता रहने कार्यक्रम संयोजक प्रकाश भुजेल( रेफ्री भुजेल) ले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई ६ लाख र द्वितिय हुनेलाई ३ लाख पुरस्कार दिइनेछ ।
यस्तै हरेक खेलको म्यान अफ द म्याचलाई दश हजार तथा उत्कृष्ट चार विधाका खेलाडीलाई २० हजारका दरले सम्मानित गरिनेछ भने सर्वोत्कृष्ट खेलाडीलाई पनि ४० हजारले सम्मान गरिने छ ।
जेठ ४ गते सम्म चल्ने खेलको मुख्य प्रायोजक पुरानो मेडिकल कलेज भरतपुर रहेको छ भने सह प्रायोजक एक्सपर्ट एजुकेशन भिसा सेन्टर तथा सहयोगी संस्था एन्फा, रा.खे.प.चितवन, एष्ट्रल युथ सोसाईटी, भरतपुर महानगरपालिका र गोल नेपाल रहेका छन् ।
स्थानीय खेलकुद बिकासको लक्ष्य लिएर सो प्रतियोगिताको आयोजना गरिएको आयोजकको भनाई छ ।