बैशाख ११,काठमाडौँ । श्रीलङ्कामा आइतवार गराइएका विस्फोटनमध्ये एउटा गिर्जाघरमा एकजना सन्दिग्ध आक्रमणकारी छिरेको भिडिओ सार्वजनिक भएको छ।
ती व्यक्ति गिर्जाघरभित्र छिरेको केही क्षणमा विस्फोटन भएको थियो।
इस्टर पर्वको दिन गराइएका आठ वटामध्ये त्यो एउटा आक्रमण थियो।
ती घटनाहरूमा तीन सय ५० भन्दा बढी मानिसको मृत्यु भएको थियो।