महाभूकम्प गएको चार वर्ष पुरा : जनतामा त्रास कायमै, परकम्पनले ठूलो भूकम्पको जोखिम भने कम हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख १२, बिहिबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख १२, काठमाडौँ । महाभूकम्प गएको आज चार वर्ष पुरा भएको छ । चार वर्ष अघि २०७२ वैशाख १२ गते अर्थात् आजकै दिन गोरखा जिल्लाको बारपाक केन्द्र बनाए गएको शक्तिशाली भूकम्प गएको थियो । महाभूकम्पको त्रास कायमै रहँदा बुधबार बिहान पनि पुनः झस्काएको छ ।

काठमाडौँ आसपास क्षेत्रका कतिपय मानिस दौड्दै घर बाहिर आए भने कतिले आफ्ना बालबच्चा बोकेर दौडेको घटना सुनाए । जे होस् नेपालमा भूकम्पको जोखिम कायमै छ र ‘सचेत हुनुपर्छ है’ भन्ने सन्देश भूकम्पले दिइरहेको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार गएका दुईवटा भूकम्प गोरखा भूकम्पकै परकम्प हुन् । धादिङको नौबिसे केन्द्र भएर ५।२ रेक्टरको भूकम्प गएको केही समयपछि ककनी क्षेत्र केन्द्र भई ४.३ रेक्टर स्केलको अर्को परकम्पन गएको थियो ।

केन्द्रका सिस्मोलोजिस्ट मुकुन्द भट्टराई भन्छन्, ‘‘बुधबार बिहान गएको भूकम्पचाहिँ २०७२ वैशाख १२ गते गएको भूकम्पको परकम्पन नै हो । बिहीबार भूकम्प गएको चार वर्ष पुग्दैछ भनेर यो परकम्पन आएको होइन । भूकम्प कहिले जान्छ भन्ने भन्न सकिँदैन । संयोग मात्रै हो ।’’

ताजा अपडेट

खोजी गर्नुहोस