बालुवाटार यसरी भयो व्यक्तिको

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख १२, बिहिबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख १२, काठमाडौँ । बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको निर्णायक भूमिका रहेको भेटिएको छ ।

बस्न्यातले अख्तियारको प्रमुख आयुक्त हुनुभन्दा अघि तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव रहेका बेला पर्ती, सरकारी र राजकुलोको जग्गासमेत नक्कली मोहीका नाममा दर्ता गरिदिन मन्त्रिपरिषद्मा पेस गरेको विवरण कान्तिपुरले फेला पारेको छ ।

बालुवाटारको करिब ११३ रोपनी जग्गा २०४९ सालसम्म विभिन्न व्यक्तिको नामा दर्ता भइसकेको थियो भने करिब ३५ रोपनी जग्गाको बीचबीचमा पर्ने भागलाई विभिन्न टुक्रा बनाई व्यक्तिको नाममा दर्ता गरिएको थियो । त्यहाँ राजकुलो र बाटोसमेत थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस