‘प्रेमगीत ३’ को फस्टलुक पोस्टर सार्वजनिक !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ बैशाख १२, बिहिबार (५ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

बैशाख १२,काठमाडौँ । लभस्टोरी फिल्म सिरिज ‘प्रेमगीत ३’ को तेस्रो पार्टको निर्माण टिमले फस्टलुक पोस्टर सार्वजनिक गरेको छ । फिल्मको छायांकन सुरु हुनुभन्दा अगावै प्रदर्शन मिति घोषणा गरिएको छ । यस वर्षको चैत २८ गतेलाई रिलिज डेट घोषणा गरिएको छ । पिरियड ड्रामामा केन्द्रित रहेर फिल्म बनाउन खोजिएको बुजिएको छ।

प्रेमगीत ३ लाई निर्माता सन्तोष सेनले ‘प्रेमगीत ३’ निर्माण गर्न लागेका छन । प्रेमगीत २ मा उनको पनि प्रमुख भूमिका थियो भने अब उनी निर्देशकको रुपमा भित्रिएका छन् । उनीसँगै फिल्मलाई ुडमरुको डण्डीबियोु निर्देशक छेतन गुरुङले पनि निर्देशन गर्दैछन् । कथा पनि छेतनकै रहेको छ ।

‘प्रेमगीत ३’ मुख्य नायक प्रदीप खड्का मा भएको वा नभएकोबारे निर्माण टिम मौन छ । यस फिल्मको अघिल्लो दुई सिरिजमा उनी नै लिड हिरो थिए । प्रदिपको साथमा नीति शाहले डेब्यू गर्ने चर्चा छ । आफूलाई ‘प्रेमगीत ३’ अफर भएको नीति स्वयंले खुलाएकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस