आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम, वैशाख २० मा राष्ट्रपतिले संसदमा पेस गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख १२, बिहिबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख १२,काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम वैशाख २० गते संघीय संसद्मा पेस गर्ने भएको छ । सरकारले नीति तथा कार्यक्रम पेस गर्नेबारे आवश्यकता तयारीका लागि संघीय संसद् सचिवालयलाई सूचित गरिसकेको छ । सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा पेस हुनेछ ।

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट नीति तथा कार्यक्रम पेस गर्नेछिन । सामान्यतयाः प्रि–बजेट छलफलपछि सरकारको नीति तथा कार्यक्रम ल्याउने संसदीय अभ्यास भए पनि योपटक नीति तथा कार्यक्रम पहिले ल्याउन लागिएको हो । नीति तथा कार्यक्रम पेस गर्नुअघि सरकारका तर्फबाट अर्थमन्त्रीले कर बाहेक विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गर्ने प्रचलन छ ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले नीति तथा कार्यक्रम वैशाख २० गतेका लागि तय भएको जानकारी दिए। फुयाँलले भने– ‘नीति तथा कार्यक्रमको तयारीका लागि औपचारिक रुपमा जानकारी आएको छ । वैशाख २० मा संघीय संसद्मा नीति कार्यक्रम पेस हुन्छ ।’

नीति तथा कार्यक्रम पारितसँगै प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडिया र भियतनाम भ्रमणका जाँदै छन । वैशाख २६ बाट प्रधानमन्त्रीको भ्रमण हुने भनिए पनि औपचारिक रुपमा मिति सार्वजनिक भएको छैन ।

सरकारले नीति तथा कार्यक्रममा बजेटका प्राथमिकता र सिद्धान्तसमेत पेस गर्नेछ । नीति तथा कार्यक्रममा आधारित भए वार्षिक बजेट पेस गर्ने प्रचलन छ । नीति तथा कार्यक्रम भने जनप्रतिनिधिले पेस गरेका सुझाव समेत आधारमा तयार गरिन्छ । प्रिबजेट छलफलका क्रममा जनप्रतिनिधिले बजेटका सिद्धान्त र कार्यक्रमबारे सुझाव दिने प्रचलन छ । सोही सुझावसमेत समेटेर नीति कार्यक्रम ल्याउने यसअघिको प्रचलन छ ।

यसअघि २०७४/०७५ मा पनि प्रि-बजेट छलफल बिना नै नीति तथा कार्यक्रम संसद्मा पेस गरिएको थियो । स्थानीय तहहरुको पुनर्संरचनाको विषयलाई लिएर तत्कालीन प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर सदन अवरोध गरेपछि प्रिबजेट छलफल हुन सकेको थिएन । उक्त वर्ष प्रि-बजेट छलफल बिना नै नीति तथा कार्यक्रम ल्याइएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस