सत्तारुढ नेकपा निकट युवा र बिद्यार्थी संगठनद्धारा एनसेलको सेवा प्रयोग नगर्न अपिल

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ बैशाख १२, बिहिबार (५ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

बैशाख १२,काठमाडौँ । सत्तारुढ नेकपाका प्रमुख भातृ संगठनको रुपमा रहेको युवा संगठन र विद्यार्थी संगठनले एनसेललाई कर तिर्न बाध्य पार्ने भन्दै उसको सेवा प्रयोग नगर्न भन्दै आफ्ना कार्यकर्तालाई आग्रह गरेका छन ।

दुवै संगठनले सर्वसाधारणलाई समेत एनसेलको सिम प्रयोग नगर्न आग्रह गरेका छन । आज एक प्रेस विज्ञप्ती जारी गर्दै सर्वोच्च अदालतको समेत आदेश पालना नगरेको भन्दै उनिहरुले आक्रोस पोखेका छन ।

एनसेलको अटेरी खेदजनक रहेको भन्दै संगठनले २४ घण्टा भित्र सम्पुर्ण कर नतिरे थप दवावमुलक कार्यक्रम ल्याउने बताएका छन । प्रेस विज्ञप्तीमा अनेरास्ववियुका अध्यक्ष नविना लामा,अखिल क्रान्तीकारीका अध्यक्ष रञ्जित तामाङ,युवासंघका अध्यक्ष रमेश पौडेल,वाईसिएलका अध्यक्ष रामप्रसाद सापकोटा (दिपशिखा) ले हस्ताक्षर गरेका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस