खुल्लामञ्ज कब्जाः रातारात सटर बनाएर भाडामा दिइ पसल सञ्चालन, महानगर चुपचाप

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख १३, शुक्रबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख १३, काठमाडौँ । खुलामञ्च अतिक्रमण गरेर धमाधम व्यावसायिक प्रयोजनका सटर निर्माण भइरहे पनि रोक्न सम्बन्धित निकायले चासो दिएको छैन । सम्बन्धित वडा कार्यालयले यसबारे थाहै नभएको जवाफ दिने गरेको छ ।

अनुमति नदिएको बताउने महानगरले पनि कारबाही प्रक्रिया अघि बढाउन पहल गरेको छैन । काठमाडौँ भ्युटावर बनाउन ठेक्का लिएको स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले खुलामञ्चमा पसल सञ्चालनका लागि सटर बनाइरहेको हो ।

कम्पनीले ५२ वटा सटर तयार गर्दै छ । केहीमा पसलै चल्न थालिसकेका छन् । महानगरपालिकाले खुलामञ्चको उत्तरतिर बसपार्क राख्न दिएपछि अतिक्रमणको क्रम बढेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस