विश्वकपमा आयोजक रुस उरुग्वेसंग स्तब्ध !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ अषाढ ११, सोमबार (६ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

असार १०,काठमाडौँ । विश्वकप फुटबल २०१८ मा समूह चरणको अन्तिम खेलमा रुसविरुद्धको उरुग्वेले ३–० को जित निकालेको छ ।

खेल सुरु भएको १० औँ मिनेटमा उरुग्वेका लागि बार्सिलोना स्टार लुइस स्वारेजले फ्रिकिकमार्फत गोल गरेका हुन् । रुसका युरी गाजिन्स्किीले उरुग्वेका रोड्रिगो बेन्टान्करलाई डिबक्सबाहिर लडाएपछि उरुग्वेले फ्रिकिक पाएको थियो । स्वारेजले २० यार्डबाट हानेको प्रहार सिधै गोल भएको थियो ।

त्यस्तै २३ औँ मिनेटमा उरुग्वेका लागि लक्साल्टले गोल गर्दै २–० को अग्रता बनाए भने खेलको ९० औँ मिनेटमा इण्डिसन कभानीले गोल गरे

खेलको ३५ औँ मिनेटमा रुसका इगोर समिनोकोभले उरुग्वेका लक्साल्टलाई लडाएपछि दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका छन् । दश जना खेलाडीमा सीमित रुस उरुग्वेसामु निकै नै दबाबमा देखिएको थियो । विश्वकप फुटबलमा आयोजक रसियालाई हराउँदै उरुग्वे समूह विजेता समेत बनेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस