आशाकाे वर्ष २०७६ः यसरी फेर्दैछ देशले मुहार

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख १४, शनिबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

बैशाख १४, काठमाडौँ । आर्थिक वर्ष ०७६ /७७ देशको १५ औँ योजना कार्यान्वयनको पहिलो वर्ष हो।

सरकारले १५ औँ योजना अबधिभर औसत वार्षीक ९.२ प्रतिशत आर्थिक वृद्धिदर पुर्याउने लक्ष्य लिएको छ।

०७६ को सुरुमै नेपालकै पहिलो स्याटेलाइट प्रक्षेपण, भेरी बबई सुरुङ मार्गको ब्रेक थ्रु र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवे तयार भयो।
निजी क्षेत्रले निर्माण गरेका दुई पाँचतारे होटल मारियोट र सोल्टी पनि नयाँ वर्षको सुरुदेखि नै औपाचारिक रुपमा सञ्चालनमा आए।

प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री डा.युवराज खतिवडाले अब विकासले गति लिने दावी गर्दै आएका छन्।

निर्माणका क्रममा रहेका र यसै वर्ष सम्पन्न हुने सूचीमा रहेका परियोजनाको प्रगतिले पनि यो वर्ष आशालाग्दो देखिन्छ।

दुई महिनामै पाइपबाट नेपालमा पेट्रोल आउँदैछ। यसै वर्ष विद्युत् उत्पादन ११४९ मेगावाट थप हुँदैछ। असोजभित्रै हेटौँडा–काठमाडौँ छोटो दूरीको कान्तिलोकपथ कालोपत्रे हुँदैछ। भैरहवा विमानस्थलबाट यसै वर्षदेखि अन्तर्राष्ट्रिय उडान हुँदैछ।

असोजदेखि नेवानिले जापान उडान भर्ने, दुई महिनाभित्रै तातोपानी नाका खुल्ने, सबै स्थानीय तहमा वाणिज्य बैँक पुग्ने, सिररास्थित गार्मेन्ट जोनमा ४० उद्योग खुल्ने, एनटिसी र एनसेलले ०७६ भित्रै देशैभरी फोजी सेवा विस्तार गर्दैछन्।

ताजा अपडेट

खोजी गर्नुहोस