श्रीलंका बम काण्डका मुख्य अभियुक्त पहिल्यै मारिए : राष्ट्रपति सिरिसेना

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ बैशाख १४, शनिबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

बैशाख १४, काठमाडौँ । श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले २१ अप्रिल आइतबार श्रीलंकामा भएको बम आक्रमणको मुख्य अभियुक्त बम पड्केको समयमा नै मारिएको दाबी गरेका छन् ।

उनका अनुसार जहरान हसिम नामका ती व्यक्ति कोलम्बोमा रहेको सांग्रिला होटलमा मारिएका हुन् । उनले सो होटलमा बम पड्काउने कामको नेतृत्व गरेका थिए । उनको साथमा इल्हाम भन्ने अर्का व्यक्ति पनि रहेका थिए ।

श्रीलंका सरकारको पछिल्लो तथ्यांक अनुसार अहिले सम्म सो घटनामा २५३ जनाको मृत्यु भएको छ । यसअघि ३६० जनाको मृत्यु भएको बताइएपनि त्यो गणनामा त्रुटी भएकाले संख्या घटाइएको सरकारी अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति सिरिसेनाका अनुसार इश्लामिक स्टेट (आएस)समर्थित १३० जना श्रीलंका भित्र छिरेको गुप्तचर निकायले अनुमान गरेको र ती मध्ये ७० जना पक्राउ परेको बताएका छन् ।

बम आक्रमणको नेतृत्व गरेको हसिम केही वर्ष अघि बुद्धको मूर्ति तोडफोडमा पनि संलग्न थिए । उनले युट्युबमा मुश्लिम बाहेकका अन्यको विरुद्ध हिंसा गर्नुपर्ने आव्हान गरेको समेत पाइएको छ । उनी श्रीलंकाको कटनकुडी शहरका व्यक्ति हुन् । उनकी बहिनीले बीबीसीसँगको कुराकानीमा उनी दुई वर्षदेखि आफ्नो सम्पर्कमा नरहेको बताएकी छन् ।
(बीबीसी)

ताजा अपडेट

खोजी गर्नुहोस