निगमले पायो जापान उडान अनुमति

बैशाख १५, काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले झन्डै एक वर्षको प्रयासपछि काठमाडौं–ओसाका सीधा उडान अनुमति पाएको छ ।

यो वायुसेवाले जापानको नागरिक उड्डयन व्युरोबाट उडान अनुमति पाएसँगै अब उडान तालिका सार्वजनिक गर्ने भएको छ । लामो समयको प्रक्रिया पूरा गरेर बिहीबार निगमको जहाजको भाडादर स्वीकृति पाएको हो। यही प्रक्रिया पूरा गरेर निगमले जापान उडान गर्ने प्रवक्ता क्याप्टेन विजय लामाले जानकारी दिए ।

अब यो वायुसेवाले असार १९ देखि नियमित उडान गर्ने गरी टिकट बुकिङ खुला गर्नेछ । निगमले लामो संघर्सपछि पाएको यो उडानबारे जानकारी दिन औपचारिक कार्यक्रम नै आयोजना गर्ने प्रवक्ता लामाले बताए ।

निगमले जापानबाट पाएको यो अनुमतिपछि अब काठमाडौंको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ओसाकास्थित कन्साई अन्तर्रा्ष्ट्रिय विमानस्थलमा नियमति उडान गर्ने भएको छ ।

संम्बन्धित समचार

Leave a Reply