बैशाख १५, काठमाडौँ । अमेरिकाको क्यालिफोनिर्यामा रहेको एक यहुदी धर्मालम्बीको प्रर्थनास्थनमा गोलीवारी भयो । प्रहरीका अनुसार घटनामा एक महिलाको मृत्यु भएको छ भने अन्य तीन व्यक्ति घाइते भएका छन् ।
आक्रमणको लागि ‘एआर–१५ टाइप’ को असल्ट राइफल प्रयोग गरिएको प्रहरीले बताएको छ । घटना घटाएर भाग्दै गरेको अवस्थामा आक्रमणकारी पक्राउ भइसकेको प्रहरीले जनाएको छ ।
समाचार एजेन्सीको रिपोर्ट अनुसार घटनासम्बन्धमा जोन अर्नेस्ट नामक एक १९ वर्षिया किशोरलाई पक्राउ गरिएको छ । जोनमाथि अघिल्लो महिना एक मस्जिदमाथि भएको हवाई फायरसम्बन्धमा अनुसन्धान भइरहेको थियो ।
रिपोर्टका अनुसार गोलीबारी सुरु हुदाँ उक्त धार्मिकस्थलमा एक धार्मिक अनुष्ठान आयोजना भइरहेको थियो ।
बन्धुक आक्रमण पिट्सवर्गमा भएको बन्दुक आक्रमण ६ महिना पुगेको अवस्थामा आएको छ । ६ महिनाअघि पिट्सवर्गको ‘ट्रि अफ लाइफ’मा भएको आक्रमणमा ११ जना मृत्यु भएको थियो । सो आक्रमण अमेरिकी इतिहासमा भएको सबैभन्दा ठूलो यहुदी विरोधी आक्रमण मानिन्छ । आम नागरिकले बन्दुक राख्न पाउने खुकुलो कानुनको कारण अमेरिकामा विभिन्न समयमा बन्धुक आक्रमण भइरहेका हुन्छन् । बीबीसी ।