मेस्सीको गोलमा बार्सिलोना च्याम्पियन

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ बैशाख १५, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

बैशाख १५, काठमाडौँ । कप्तान लियोनल मेम्सीको एक मात्र निर्णायक गोलसँगै बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि जितेको छ । बार्सिलोना तीन खेल अगावै च्याम्पियन बनेको हो । लिगअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले लिभान्तेलाई १–० गोलले हराएकाे थियो ।

घरेलु मैदान क्याम्प नोउमा भएको प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनालाई जिताउन कप्तान मेस्सीले ६२ औं मिनेटमा गोल गरे । दोस्रो हाफको सुरुमा फिलिप कोउटिन्होको स्थानमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मेस्सीले अर्टुरो भिडालको पासमा गोल गर्दै बार्सिलोनालाई च्याम्पियन बनाएका हुन् । बार्सिलोनाले पछिल्ला ११ वर्षमा जितेको यो आठौं उपाधि हो । बार्सिलोनाको समग्रमा २६ औं ला लिगा उपाधि हो ।

खेलभर लिभान्तेलाई दबाबमा राखे पनि बार्सिलोनालाई गोल गर्न कठिन परेको थियो । ८९ औं मिनेटमा इनिस बार्धीको प्रहार पोस्टमा लागेर फर्किएपछि लिभान्ते बराबरी गर्नबाट चुकेको थियो ।

यस जितसँगै च्याम्पियन बार्सिलोनाले दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडलाई ९ अंकले पछि पारेको छ । बार्सिलोनाले ३५ खेलबाट ८३ अंक बनाएको छ । एट्लेटिको म्याड्रिडको समान खेलबाट ७४ अंक छ ।

ताजा अपडेट

खोजी गर्नुहोस