जनचाहना अनुसार बजेट आएको छः मुख्यमन्त्री राई

Post Thumbnail

असार १२,झापाा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दुई छिमेकी राष्ट्रसँग व्यापार विस्तार गर्न प्रदेश सरकार लागि परेको बताएका छन ।

झापाको भद्रपुरमा आज समाजसेवी स्व देवीप्रसाद उप्रेतीको २६ औँ स्मृतिसभालाई सम्बोधन गर्दै उनले प्रदेश नं १ को भारत र चीनसँग जोडिएको सीमा क्षेत्रमा थप व्यापारिक नाका विस्तारका लागि प्रदेश सकार लागेको जानकारी दिए ।

मुख्यमन्त्री शेरधन राईले भने, “आर्थिक समृद्धिका लागि नेपाली उत्पादन विदेश निर्यात गर्नु आवश्यक छ, त्यसका लागि मुख्य नाकासँगै अन्य नाका पनि स्थापना गर्नुपर्छ, प्रदेश सरकार अहिले त्यसको तयारीमा छ ।”

पूर्वमा चिया, अदुवा, अलैँची, अम्लिसोलगायत कृषिजन्य वस्तु उत्पादनमा जोड दिनुपर्ने बताउँदै उनले भारत, चीन, बंगलादेश, भुटानलगायत देशमा त्यस्ता उत्पादनलाई निर्यात गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री राईले भने, “त्यसका लागि अहिलेको नाका मात्र पर्याप्त छैन, नाका विस्तार जरुरी छ ।”

जनताको चाहनाअनुसार बजेटमार्फत नीति तथा कार्यक्रम आएको पनि उनले बताए ।

कार्यक्रममा स्व उप्रेतीको नाममा स्थापित साहित्य, शिक्षा र पत्रकारिता विधामा तीन जनालाई पुरस्कृत गरिएको छ ।

पुरस्कृत हुनेमा साहित्यकार होमनाथ अधिकारी, शिक्षासेवी उमानाथ ओली र पत्रकार तारामणि सापकोटा छन ।

ताजा अपडेट

खोजी गर्नुहोस