आजको मौसमः आंशिक देखि सामान्य बदली हुने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ बैशाख १५, आईतबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १५, काठमाडौँ । देशको पूर्वी भूभागमा आइतबार आंशिक देखि सामान्य बदली तथा मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

तर पूर्वी भेगका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै मध्य र पश्चिमी पहाडी भूभागका एक–दुइ स्थानमा अपरान्हपछि वा साँझपख मेघ गर्जनसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस