आईपिएल क्रिकेट : दिल्ली क्यापिटल्स लिगको शीर्ष स्थानमा उक्लियो, प्लेअफका लागि छनौट

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ बैशाख १६, सोमबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

बैशाख १६,काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली क्यापिटल्स फेरि लिगको शीर्ष स्थानमा उक्लिँदै प्लेअफका लागि छनौट भएको छ । आज भएको खेलमा रोयल च्यालेञ्जर्स बेंग्लोरलाई १६ रनले हराउँदै दिल्लीशीर्ष स्थानमा उक्लिएको हो । दिल्लीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ७ रन बनायो । मध्यम सुरुवात गरेको दिल्लीले पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरेको थियो । उसका ओपनर पृथ्वी श ले १ रन बनाए ।

यस्तै शिखर धवनले फेरि अर्को अर्धसतक हात पारे । जारी आइपीएलमा उनको यो लगातार तेस्रो अर्धसतक हो । यस्तै कप्तान श्रेयस ऐयरले ५२ रन बनाए । यी दुई खेलाडीले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए । यस्तै कोलिन इन्ग्रामले ११ तथा रदरफोर्डले २८ र अक्षर पटेलले १६ रन बनाए ।
बलिङमा बैंग्लोरका युज्विन्द्र चहलले दुई विकेट हात पारे ।

जवाफमा बेंग्लोरले २० ओभरमा सात विकेट गुमाउँदा एक सय ७१ रन मात्र बनाउन सक्यो । नेपाली बलर सन्दीप लामिछाने महंगो सावित भएको खेलमा बैंग्लोरका लागि पार्थिव पटेलले ३९, कप्तान विराट कोहलीले २३ तथा डेबेले २४ रन बनाए । यस्तै गुरकीरत सिंहले २७ र मार्कस स्टोइनिसले अविजित ३२ रन बनाए ।

यो जितपछि दिल्लीले चेन्नेइसँग अंक बराबरी गरे पनि रनरेटका आधारमा शीर्ष स्थानमा उक्लिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस