बैशाख १७,काठमाडौँ । श्रीलंकामा भएको आत्मघाती हमलाका मुख्य अभियुक्त जहरान हाशिमका बुवा र भाइ सुरक्षा कारवाहीमा मारिएका छन् । सुरक्षा कारवाहीमा हाशिमको आमाको पनि ज्यान गएको त्याहाँको प्रहरीले जनाएको छ ।
गएको शुक्रबार शंकास्पद स्थानमा प्रहरीले छापामारी गर्ने क्रममा भएको मुटमेटमा उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । मुटभेटका क्रममा मुख्य अभियुक्त हाशिमका बुवा र भाइले आफैले बोकेको बम बिस्फोट गराउँदा उनीहरुको ज्यान गएको पनि प्रहरीले जनाएको छ ।
मुख्य अभियुक्त हाशिमको भने गएको आइतबार कोलम्बोको एक होटलमा भएको आत्मघाती हमलामा मृत्यु भइसकेको छ । उनी इस्लामिक समूह नेशनल तौहीद जमात ९एनटीजे० को नेता थिए । घटनापछि सरकारले अहिले यो संगठनलाई प्रतिबन्ध लगाइसकेको छ ।
त्याहाँको प्रहरीले कट्टनकुडीको पूर्वी इलाकामा रहेको यो समूहको मुख्यालयमा छापामारी गर्ने क्रममा उनका बुवा र भाइको ज्यान गएको हो । छापामारी गर्न पुगेको प्रहरीमाथि उनीहरुले हमला गरेका थिए । त्यही क्रममा मुख्यालयमा रहेका तीन जनाले आफैले बोकेको बम बिस्फोट गराएको र त्यसका कारण १५ जनाको ज्यान गएको पनि प्रहरीले जनाएको छ । जसमा छ जना बच्चा र तीन जना महिला परेका थिए ।
गएको आइतबार देशका विभिन्न ठाउँमा भएको आत्मघाती हमलामा झण्डै २ सय ५० जनाले ज्यान गुमाएका थिए ।