बैशाख १७,विरगञ्ज । जिल्लाको वीरगञ्ज महानगरपालिका–११ स्थित श्रीपुरमा भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पेन्ट गोदामबाट आगो सुरु भएको थियो ।
आगलागी भएको क्षेत्रमा बाक्लो बस्ती रहेको जिप्रका पर्साका डीएसपी मान बहादुर राईले जानकारी दिए ।
उक्त क्षेत्रमा नेपाल फर्मासिटकल्स लिमिटेड (एनपीएल) को औषधि कारखाना समेत रहेको बताइएको छ ।
घटनास्थलमा ४/५ वटा दमकल पुगेको र आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको डीएसपी राईले बताए । घटनास्थलमा आगो नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र स्थानीयहरु पुगिसकेका छन् ।