भेनेजुयला प्रदर्शनमा सेना बन्यो निर्दयी : प्रदर्शनकारीमाथि बख्तरबन्द गाडी दौडायो ! (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख १८, बुधबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

बैशाख १८,काठमाडौँ । भेनेजुयलामा सरकारविरुद्धको विरोध प्रदर्शन हिंसात्मक बनेको छ । राष्ट्रपति निकोलस मदुरो समर्थक सेनाले प्रदर्शनकारीमाथि बख्तरबन्द गाडी नै कुदाइदिएको छ ।

सरकारविरुद्धको प्रदर्शनको नेतृत्व विपक्षी नेता ख्वान गुइदोले गर्दै आएका छन् । आफूले आफैंलाई नयाँ राष्ट्रपति घोषणा गरेका गुइदोमाथि सत्ता पलटको आरोप लाग्दै आएको छ । उनले अमेरिकाको समेत समर्थन पाएका छन् ।

तर, मदुरोले सत्ता नछाडेपछि गुइदोले सरकारविरुद्ध निर्णायक आन्दोलनका लागि आह्वान गरेका छन् । हजारौं प्रदर्शनकारी राजधानी कराकसस्थित सैनिक मुख्यालय अगाडि जम्मा भएर मदुरोको राजीनमा मागिरहेका छन् । तिनै प्रदर्शनकारीमाथि मदुरोप्रति बफादार सेनाले बख्तरबन्द गाडी कुदाएको हो ।

सैनिकहरुले प्रदर्शनकारीमाथि रबरका गोली र अश्रुग्यास समेत प्रहार गरेको छ ।

गुइदोले आफूलाई समर्थन गर्न सेनालाई समेत आह्वान गरेका छन् । तर, भेनेजुएलाका सैन्य जनरल भ्लादिमिर पड्रिनोले सेना राष्ट्रपति मदुरोको साथमा रहेको स्पष्ट पारेका छन् । मदुरोलाई साथ दिँदै आएको सेनाले सामरिक रुपमा महत्वपूर्ण मानिने क्षेत्र आफ्नो नियन्त्रणमा राखेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस