सांसदले नै गरे रेलमार्गको जग्गा अतिक्रमण, ४२ वर्षपछि थाल्यो अख्तियारले अनुसन्धान

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख १९, बिहिबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १९, काठमाडौँ । ९२ वर्षअघि भारतको सहयोगमा निर्माण गरी ३५ वर्षसम्म सञ्चालन भएको परवानीपुर-अमलेखगन्ज रेलमार्गको जग्गा वर्षौदेखि व्यक्ति र संस्थाले कब्जा गरेका छन्।

त्रिभुवन राजपथ निर्माण भएको तीन वर्षपछि ०२२ मा रेल सञ्चालन बन्द भएसँगै ४२ किमि रेलमार्गको जग्गा अतिक्रमणमा परेको हो।

त्यतिवेला रेल्वेको सम्पत्ति नेपाल यातायात संस्थानकै स्वामित्वमा थियो।

बहालवाला सांसदहरुबाटै रेलमार्गको जग्गा अतिक्रमणमा परेको हो।

परवानीपुुरमा रेलमार्गको १० धुर जग्गा अतिक्रम गरी पूर्वसभासद नज्मा खातुनले पक्की घर ठड्याएकी छिन्।

खातुनको घर भएको १२ धुर जग्गामध्ये १० धुर रेलमार्गको भएको अनुसन्धानमा भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले जनाएको छ।

खातुनको परिवार अहिले यही घरमा बस्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस