वाणिज्य बैंक र दुरसञ्चारबीच सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख १९, बिहिबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १९, काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दुरसञ्चार कम्पनी लिमिटेड बीच सम्झौता भएको छ ।

संयुक्त लगानीमा भुक्तानी सेवा प्रदायक पब्लिक कम्पनी संचालन गर्ने सम्बन्धमा बिहिबार सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र दुरसञ्चार कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका छन् । सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहेको थियो ।

सम्झौता पश्चात संयुक्त लगानीमा संस्थापित भुक्तानी सेवा प्रदायक पब्लिक कम्पनीले नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेपश्चात भुक्तानी सेवा प्रदायकको सेवा सञ्चालन गर्दा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडसँग प्राथमिकताका आधारमा समझदारी गरी डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराउने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस