सामाजिक सञ्जालमा देखिएको गलत प्रवृत्तिलाई निष्तेज पारिन्छ : प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख १९, बिहिबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख १९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा देखिएको गलत प्रविधिलाई निष्तेज पार्ने बताएका छन् । प्रधानमन्त्री ओलीले समृद्ध, आधुनिक र सभ्य नेपाल निर्माणका लागि सामाजिक सञ्जालमा देखिएका गलत प्रविधिलाई रोक्नुको विकल्प नरहेकोे पनि स्पष्ट पारे ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सञ्चार र प्रविधिको विकास गरेर मुलुकलाई समृद्ध बनाउन चाहेको पनि स्पष्ट पारे । त्यसका लागि उत्पादनसँग प्रविधिलाई जोड्ने प्रधानमन्त्रीको योजना छ । प्रधानमन्त्री ओलीले उत्पादनसँग प्रविधि जोड्दा तिव्र आर्थिक विकास हुने र त्यसले मुलुकलाई समृद्ध बनाउने तर्क पनि गरे । तर प्रविधिको दूरुपयोग हुन दिन नहुनेमा सबैले पहल गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा गलत प्रयोग गर्नु मुन्तलामा ऐजेरु र धानमा सामा पलाएजस्तै भएको उल्लेख गर्दै त्यसलाई निष्तेज पार्न जरुरी रहेको पनि उल्लेख गरे । उनले केही वर्षअघि मोवाईल चलाउन अनौठो मानिएपनि अहिले त्यसबाट हरेक नेपालीको घरमा बच्चालाई जोगाउन समस्या भइरहेको पनि स्पष्ट पारे । प्रधानमन्त्री ओलीले इन्टरनेट सेवामा सबैको पहुँच पुर्याउन सरकारले अप्टिकल फाईबर विस्तारसम्बन्धि ‘महामार्ग’ नै तयार पारेको पनि बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस