आर्सनल पहिलो लेगमा बलियो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ बैशाख २०, शुक्रबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

बैशाख २०, काठमाडौँ । युरोपा लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी बनेको छ । बिहिबार राति भएको खेलमा आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा एलेक्जेन्डर लाकाजेट्टीले दुई र पियरी एम्रिक अबुमियाङले एक गोल गरे ।

खेलमा अग्रता ११ औ मिनेटमा मोक्टार दिखावबीको गोलबाट पाहुना टोली भ्यालेन्सियाले लिएको थियो ।

१८ औ मिनेटमा लाकाजेट्टीले खेल बराबरीमा ल्याएका थिए । उनले २५ औ मिनेटमा घरेलु मैदानमा आर्सनललाई अग्रता दिलाए । अबुमियाङले ९० औ मिनेटमा गोल गर्दै आर्सनललाई ३–१ को जित दिलाउने काम गरे ।

आर्सनलले अवे खेलमा अर्को बिहिबार भ्यालेन्सियासंग प्रतिस्पर्धा गर्नेछ । एजेन्सी ।

ताजा अपडेट

खोजी गर्नुहोस