ललितपुर महानगरका जनप्रतिनिधि बजेट बनाउन छाडेर विदेश भ्रमणमा मस्त

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ अषाढ १२, मंगलबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

असार १२,ललितपुर । ललितपुर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी बजेट बनाउन छाडेर विदेश भ्रमणमा छन् ।

यसले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार महानगरपालिकाले असार १० भित्र पारित गरिसक्नुपर्ने आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम सोमबार पनि गर्न सकेनन् ।

चैत १५ भित्र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले वडा समिति, विषयगत शाखा तथा महाशाखामा पेस गर्नुपर्ने बजेट झण्डै तीन महिनापछि बुधबार मात्र पेश गरिएको थियो ।

यसले वडामा समयमै बजेट सिलिङ पठाउन नसक्दा जनताको घरदैलोमा पुगेर योजना संकलन गर्न सकेनन् । यसवर्ष वडास्तरीय योजना तर्जुमा गर्न कठिनाइ भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस