टायरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७६ बैशाख २०, शुक्रबार (५ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

बैशाख २०, नुवाकोट। नुवाकोटको विदुर नगरपालिका–५ मा टायर कान्लाबाट अचानक गुडेर आउँदा मोटरसाइकल दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

पीपलटारबाट बट्टारतर्फ आउँदै गरेको बा ६७ प,५५७९ नम्बरको मोटरसाइकल माझीटारस्थित सडकमा आफ्नै लेनमा गुडिरहेका समयमा टायरले मोटरसाइकललाई ठक्कर दिई सडक तल खसालेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

दुर्घटनामा परी चालक ४९ वर्षीय जयराम मगर सामान्य घाइते र पछाडि सवार ४० वर्षीया मखमली थापा मगर गम्भीर घाइते भएको बताइएको छ ।

प्रहरीका अनुसार घाइते जयराको विदुरस्थित चक्रदेव पोलिक्लिनिकमा सामान्य उपचार भएको र मखमलीलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस