नीति तथा कार्यक्रम : ‘जनताको हरेक सुख-दुःखमा सरकार सधै छ’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ बैशाख २०, शुक्रबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २०,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले झोलुङ्गे पुल बोकेर सरकार खोलाखोलामा पुगेको बताएकी छिन् । सरकारका तर्फबाट आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

उनले जोखिमपूर्ण यात्रा गरी नदी तर्न बाध्य दार्चुलाबासीका लागि सरकारले झोलुंगे पुल लिएर गएको बताइन् । जनताको हरेक पीडामा सरकारले साथ दिएको उनले बताइन् ।

हावाहुरी पीडितलाई घर बनाउन सरकार बारा र पर्सा पुगेको भन्दै उनले भनिन्, ‘जनताको हरेक सुख-दुःखमा सरकार सधै छ ।’ राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका पछिल्ला कामकारबाहीले गर्दा हामी विकास गर्न सक्छौं भन्ने आत्मविश्वासि बढेको समेत दावी गरिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस