जनता बैंकका ग्राहकलाई बिराट मेडिकल कलेज र बिराटनगर अस्पतालमा विशेष छुट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ बैशाख २१, शनिबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २१, काठमाडौँ ।  जनता बैंक नेपाल लिमिटेड र बिराट मेडिकल कलेज शिक्षण अस्पताल तथा बिराटनगर अस्पताल प्रालिबीच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धि सम्झौता सम्पन्न भएको छ ।

प्रदेश नं. १ का ग्राहकको सुविधालाई मध्येनजर गरी दुबै अस्पतालसँग बैशाख १५ गते सम्झौता गरिएको हो । सम्झौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालहरुबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सुविधा उपभोगका लागि अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएमकार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी छुट सुविधा लिन सक्ने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस