भारत लैजादै गर्दा आधा किलो सुन बरामद !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ जेष्ठ २, बुधबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ १,महेन्द्रनगर । काठमाडौंबाट हरियाणा जाँदै गरेको भारतीय नम्बरको गाडीबाट प्रहरीले आधा किलो सुन बरामद गरेको छ ।
महेन्द्रनगरस्थित गड्डाचौकी नाका भएर भारतको हरियाणा राज्यतर्फ जाँदै गरेको एच आर १२ ए एफ ००६ नम्बरको गाडी जाँच गर्ने क्रममा सुन फेला परेको सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायक महानिरीक्षक (डिआईजी) शरद चन्दले जानकारी दिए ।
सो गाडिमा सवार हरियाणाका जितेन्द्र शैनीले उक्त सुन आफ्नो भएको बताएका छन् । उनले काठमाडौंबाट खरिद गरेर सुन लिएर भारत जाँदै गरेको बताएको प्रहरीले जानकारी दिएको छ । गत वैशाख ३१ गते गड्डाचौकी नाका भएर सो गाडी नेपाल भित्रिएको भन्सार कार्यालयको रेकर्डमा छ ।
तेस्रो मुलुकबाट अवैध सुन काठमाडौं भित्राउने र काठमाडौंबाट भारतमा निकासी हुने गरेको प्रहरीले यसअघि गरेका अनुसन्धानबाट पत्ता लागेको छ ।
तर, हरियाणा जाँदै गरेको बसबाट बरामद आधा किलोको उक्त सुन अवैध हो कि होइन भन्ने खुलेको छैन । यसबारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस