पञ्जाबसंग शीर्ष स्थानको चेन्नेईको हार

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ बैशाख २३, सोमबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

बैशाख २३, काठमाडौँ । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा शीर्ष स्थानको चेन्नेई सुपर किंग्सले पुछारको टोली किंग्स इलेभेन पञ्जाबसंग हार ब्यहोरेको छ ।
आईतबार भएको खेलमा पञ्जावले चेन्नेईलाई पराजित गरेको हो ।

१ सय ७१ रनको लक्ष्य पञ्जाबले १८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

केएल राहुलले ७१ रनको पाली खेल्दै पञ्जाबलाई सहज जित दिलाए । क्रिस गेलले २८ तथा निकोलाश पुरानले ३६ रन बनाए ।

यसअघि सुरुमा ब्याटिङ गरेको चेन्नेईले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । ओपनर फाफ डु प्लेसिस शतक बनाउन ४ रनले चुके । उनले ५५ बलमा १० चौका र ४ छक्काको मदलते ९६ रन बनाए ।

सुरेश रैनाले ५३ रन बनाउदाँ कप्तान महेन्द्र सिंह धोनी १० रनमा अविजित रहे ।

अन्य व्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

पञ्जावका साम कुरानले ३ तथा मोहमद सामीले २ विकेट लिए ।एजेन्सी ।

ताजा अपडेट

खोजी गर्नुहोस