जब उडिरहेको रुसी जेट विमानमा एक्कासि आगलागी भयो…

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ बैशाख २३, सोमबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

बैशाख २३, काठमाडौँ । एक रुसी विमानमा एक्कासि आगलागी भएपछि आकस्मिक अवतरण गरिएको छ । रुसी सरकारी सञ्चारमाध्यामहरुका अनुसार एक्कासी आगलागी भएपछि विमान आकस्मिक रुपमा मस्कोस्थित अन्तर्राष्टिय विमानस्थलमा अवतण गरेको हो ।

आकस्मिक अवतरण गरेको सुपरजेट १०० विमानबाट ७८ जना यात्रुलाई बाहिर निकालिएको बताइएको छ । विमान अवतरण गरेलगत्तै यात्रुहरुलाई आपतकालीन ढोकाबाट बाहिर निकालिएको दृष्यसहितका भिडियोहरु सामाजिक सञ्जालहरुमा समेत भाइरल भएका छन् । उक्त भिडियोमा विमान आकस्मिक अवतरण गरेलगत्तै कालो धुँवासहित बलिरहेको देखिन्छ ।

आपतकालीन ढोकाबाट यात्रुहरुलाई उद्धार गरिँदा केही यात्रु घाइते समेत भएको सञ्चारमाध्यामहरुले जनाएका छन् । सो विमान मस्कोको शेरेमेत्येवो विमानस्थलबाट मुर्मान्सकतर्फ उडान भरिरहेको बेला दुर्घटनामा परेको जनाइएको छ । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस